वर्षमानको आगमनपछि शेयर बजारमा लगातार हरियाली-Sutra News

वर्षमानको आगमनपछि शेयर बजारमा लगातार हरियाली

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । अर्थमन्त्रीको रुपमा वर्षमान पुनको आगमनपछि शेयर बजारमा लगातार बृद्धि हुन थालेको छ । बुधबार एकल अंकले बृद्धि भएको बजार बिहीबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार १३.५१ अंकले बृद्धि हुँदै बजार २०३०.५५ को बिन्दुमा उक्लिएको छ ।



समग्रमा बिहीबार ०.६७ प्रतिशतले बजार बढ्यो । शेयर बजारमा होटल, व्यापार र सामूहिक लगानी उपसमूह बाहेकमा बृद्धि भयो ।

स्टक एक्सचेन्जका अनुसार यस दिन कारोबारमा आएका २४८ कम्पनीमध्ये १७६ कम्पनीको मूल्यमा बृद्धि भयो भने ५९ कम्पनीको मूल्यमा केही गिरावट आयो । यस दिन ११ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यसदिन कारोबार रकम भने केहीले घटेको छ । यस दिन ८९ लाख २९ हजार १५२ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १९ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन सर्वाधिक नेपाल पुनर्बिमा कम्पनीको संस्थापन शेयरको खरिद–बिक्री भएको छ । पुनर्बिमा कम्पनीको २ लाख कित्ता संस्थापन शेयर बिक्री हुँदा कारोबार रकम ५६ करोड २० लाख रुपैयाँको भयो । जसले समग्र कारोबार रकमलाई बढाउन पनि मद्दत गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट