‘कम्फर्ट जोन’मा प्रचण्ड, सत्ता पक्षमा सहज बहुमत-Sutra News

‘कम्फर्ट जोन’मा प्रचण्ड, सत्ता पक्षमा सहज बहुमत

बिहिबार, २४ फाल्गुन २०८०

बिहिबार, २४ फाल्गुन २०८०

काठमाडौं । सत्ता समीकरण बदलिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पक्षमा के–कति सिट रहला भन्ने प्रश्न आम बनेको थियो । नयाँ समीकरणको पक्षमा सुरुवातमा चार दल नेकपा (एमाले) ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २१ र जनता समाजवादी पार्टी (जसपा) १२ मात्रै उभिएका थिए ।



यद्यपि, जसपाभित्र विवाद देखिँदा केही अन्योलता बनेको थियो । तर, जसपाले सरकारमा सहभागि हुने निर्णय गर्दै मन्त्रीको नामसमेत टुंग्याएको छ ।

जसपा सरकारको पक्षमा स्पष्टरुपमा उभिँदा योबीचमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि उभिएका छन् । १० सिट रहेको एकीकृत समाजवादी र ४ सिट भएको नाउपा पक्षमा उभिँदा सत्ता गठबन्धनको पक्षमा सहज बहुमत १५७ सिट देखिएको छ ।

योसँगै केन्द्र र प्रदेश तहमा पनि गठबन्धनलाई निकै सहजता हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट