काठमाडौं । फ्राइडे रिलिजअन्तर्गत शिवरात्रिको अवसर पारेर शुक्रबारबाट एकै दिन तीनवटा नयाँ नेपाली फिल्म रिलिज भएका छन् । शिवरात्रिको अवसर पारेर एकैदिन तीनवटा नेपाली फिल्म रिलिज भएका हुन् ।
यी तीन फिल्मको कथावस्तु भने फरक छ । एकै दिन तीनवटा नेपाली फिल्म रिलिज हुँदा हलमा शो बाँडिएको छ । यी फिल्महरूले हलमा कम शोज पाएका छन् ।
ज्ञानेन्द्र देउजा निर्देशित ‘उपहार’, नवल खड्का निर्देशिक ‘काँडेतार’ र अर्जुन सुवेदी निर्देशित ‘रङ्गेली’ प्रदर्शनमा आएका हुन् ।
‘उपहार’मा रेखा थापा, पूजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय फिल्ममा छ ।
रङ्गेलीमा राज गर्नका लागि ग्याङस्टारबिच हुने लडाइको कथालाई यो फिल्मले उठान गरेको फिल्म ‘रङ्गेली’मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, अर्पण थापा, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।
नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने कथामा बनेको ‘काँडेतार’मा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काको अभिनय छ ।
गत साताबाट रिलिजमा आएको फिल्म ‘अगस्त्यः च्याप्टर १’ आजबाट दोस्रो सातामा प्रवेश गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतको अभिनय छ ।
यो फिल्मले पहिलो सातामा सुखद व्यापार गरेको छ । यो फिल्मलाई दर्शकले मन पराएका छन् । यसैले, दोस्रो सातामा पनि दर्शकले यो फिल्मलाई मन पराउने विश्वास निर्माणपक्षको छ ।