काठमाडौं । सत्ता गठबन्धनको प्रमुख दल नेकपा एमाले सचिवालय बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा साथै सरकारमा अबको काम कारबाहीको कार्य योजना मुख्य एजेण्डा रहेको जनाइएको छ ।
बैठकमा पछिल्लो गठबन्धन, सरकारमा सहभागितासहितका विभिन्न जिम्मेवारी तथा यसअघि केन्द्रीय कमिटी बैठकमा प्रवेश भएका विषयमा छलफल हुँदै छ ।