काठमाडौं । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न सबैलाई समान गरिएको छ । यसअघि वितरण गरिँदै आएको भीआईपी पास यसपटक बन्द गरिएको हो ।
विगतमा भीआईपीका लागि छुट्टै पास वितरण हुने व्यवस्था गरी पशुपतिनाथ मन्दिर दर्शनको व्यवस्था गरिएको थियो । तर, यसपटक भीआईपी पास बन्द गरिएको र तीलगंगा मार्गलाई भक्तपुर, ललितपुर र पूर्वतर्फबाट आउने भक्तजनको सहजताका लागि प्रयोग गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
पशुपतिनाथ मन्दिर दर्शनका लागि आज बिहान २ बजेदेखि खुला गरिएको थियो ।
बौद्ध, साँखु, सुन्दरीजलतर्फबाट आउने व्यक्तिका लागि गुह्येश्वरीभन्दा माथि यातायात कार्यालयसँगै रहेको जग्गामा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।