सर्वोत्तम सिमेण्टको आईपीओ बाँडफाँट, नौ लाखभन्दा बढीको हात खाली-Sutra News

सर्वोत्तम सिमेण्टको आईपीओ बाँडफाँट, नौ लाखभन्दा बढीको हात खाली

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । सर्वोत्तम सिमेण्टको आईपीओ बाँडफाँट भएको छ । पहिलोपटक बुक बिलडिङ विधिमार्फत जारी भएको आईपीओमा ५५ हजार ५२१ जनाले पाएको छ ।



कम्पनीले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता आईपीओ सार्वजनिक गरेको थियो । जसमा तोकिएको अन्तिम दिनसम्म नौ लाख ६० हजार ३०१ जना कम्पनीको आईपीओका लागि आवेदन पेश गरेका थिए ।

शुक्रबार गोला प्रथामार्फत भएको शेयर बाँडफाँडमा ५५ हजार ५२१ जनाले आईपीओ पाए । जसमध्ये २६ जनाले ५१–५१ कित्ता र बाँकीले ५० कित्ता पाएका थिए ।

कूल आवेदकमध्ये एक हजार ३४२ जनाको आवेदन रद्द भएको छ । कूल आवेदनको संख्याबाट आईपीओ पाउनको संख्या घटाउँदा नौ लाख चार हजार ७८० जनाको हात खाली हुन पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट