काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । जसअनुसार छापावाला सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ कायम भएको छ । बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार ४७० रुपैयाँ तोकिएको छ ।