२३५ यात्रु बोकेर उडिरहेको जहाजको ल्याण्डिङ गियर खसेपछि…-Sutra News

२३५ यात्रु बोकेर उडिरहेको जहाजको ल्याण्डिङ गियर खसेपछि…

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०
फाइल तस्बिर

काठमाडौं । विमानको पाङ्ग्रा निस्केको स्तब्ध बनाउने भिडि‌ओ सार्वजनिक भएको छ । अमेरिकाबाट युनाइटेड एयरलाइन्सको विमान जापान जाँदै थियो ।



विमान उड्नेबित्तिकै चक्का निस्कियो । विमानको मुख्य ल्याण्डिङ गियरको देब्रेपट्टि रहेको ६ वटा टायरमध्ये एउटा खसेको थियो ।

टेक अफ भएको केही सेकेण्डमै टायर खसेको भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । बोइङ ७७७ विमान अमेरिकाको सान फ्रान्सिस्कोबाट उडेको थियो ।

जसमा २३५ यात्रु र १४ चालक दलका सदस्यहरू थिए । विमानले लस एञ्जलसमा आपत कालीन अवतरण गरेको छ र सबै यात्रु सकुशल छन् ।

लस एञ्जलस अन्तर्राष्ट्रिय विमानस्थलमा फायर इञ्जिनहरू राखिएका थिए । तर, तिनीहरूको आवश्यकता थिएन । विमानस्थलका प्रवक्ता डे लेभिनले विमान सकुशल अवतरण गरेको बताए ।

एयरलाइन्सले सन् २००२ मा निर्मित उक्त विमानलाई टायरबाट सुरक्षित अवतरण गर्ने गरी डिजाइन गरिएको जनाएको छ । बोइङ ७७७ मा दुई वटा मुख्य ल्याण्डिङ गियरमा छ वटा टायर छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट