चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने-Sutra News

चाडपर्वबाट एकता र मेलमिलापको आधार बन्ने

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताएका छन् ।



महाशिवरात्रिका अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले, “नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड-पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रताका धरोहर हुन्” बताए ।

शिवरात्रिजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको सभापति देउवाले सन्देशमा बताए ।

सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टीका तर्फबाट सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी–बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट