महिला दिवसको अवसरमा नरेन्द्र मोदीले घटाए ग्यासको मूल्य-Sutra News

महिला दिवसको अवसरमा नरेन्द्र मोदीले घटाए ग्यासको मूल्य

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु ग्यास सिलिण्डरको मूल्य १०० रुपैयाँ भारू (१६० रुपैयाँ) घटाउने घोषणा गरेका छन् ।



प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन्- यो कदम पर्यावरण संरक्षणमा पनि सहयोगी हुनेछ । जसले सम्पूर्ण परिवारको स्वास्थ्यमा पनि सुधार ल्याउने छ ।

यसअघि सरकारले रक्षाबन्धनको अवसरमा घरेलु ग्यास सिलिण्डर (१४.२ केजी)को मूल्य दुई सय रुपैयाँ घटाएको थियो । त्यसपछि दिल्लीमा मूल्य ११०३ रुपैयाँबाट घटेर ९०३ रुपैयाँ, भोपालमा ९०८ रुपैयाँ र जयपुरमा ९०६ रुपैयाँ पुगेको थियो ।

केन्द्रीय मन्त्री अनुराग ठाकुरले ओणम र रक्षाबन्धनमा मूल्य घटाएर प्रधानमन्त्री मोदीले दिदीबहिनीलाई ठूलो उपहार दिएको बताएका थिए । यसबाट देशका ३३ करोड उपभोक्ता लाभान्वित हुने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट