काठमाडौं । कुमारीपाटी र कमलादी स्काइ वाकमा हिमालयन जाभाको शाखा सुरू भएको छ । यी शाखा हिमालयन जाभाको ५७ औँ ५८ औँ शाखा हुन् ।
कुमारीपाटीमा सञ्चालनमा ल्याइएको जाभाको वरिष्ठ कलाकार मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले ग्राण्ड ओपनिङ गरेका हुन् । यमन श्रेष्ठले सञ्चालनमा ल्याएको हिमालयन जाभाको पहिलो आउटलेट कमलादीस्थित स्काइ टावरमा छ ।
जाभामा मदनकृष्णका छोरा यमन, राजकुमार श्रेष्ठ र एमएस काप्रीको लगानी छ ।ओपनिङ समारोहमा किरण केसी, शिव श्रेष्ठ, धिरन शाक्य, जितु नेपाल, पूजा शर्मा लगायत का कलाकारको उपस्थिति थियो ।
यमन श्रेष्ठले यसअघि नै जावलाखेलमा सुरू गरेको भिन्टेज दी होममा अहिले ल्होत्से थकाली चलाउँदै आइरहेका छन् ।