‘चेक लिस्ट’सहित आएका छौँ, ‘कम्प्रोमाइज’ हुन्न- रवि लामिछाने-Sutra News

‘चेक लिस्ट’सहित आएका छौँ, ‘कम्प्रोमाइज’ हुन्न- रवि लामिछाने

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेले आफू कामका लागि सूची बोकेर आएको दाबी गरेका छन् ।



दोस्रोपटक गृहमन्त्री भएको दुई दिनपछि सामाजिक सञ्जालमार्फत उनले काममा आफूले कुनै कम्प्रोमाइज नगर्ने बताए । ‘चेक लिस्ट’सहित आएका छौँ, ‘कम्प्रोमाइज’ हुन्न, केही समय ‘होम वर्क’मा रहने छौँ,’ उनले लेखेका छन् ।

गत सोमबार नेकपा एमाले–नेकपा माओवादी केन्द्रसहित नयाँ गठबन्धनमा रास्वपाबाट लामिछानेको नेतृत्वमा चार मन्त्री बनेका छन् । उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी लामिछानेले पाएका हुन् ।

यस्तै, उपसभापति डीपी अर्याल श्रम तथा रोजगार मन्त्रालय, सहमहामन्त्री सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि र संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट