काठमाडौं । भक्तपुरमा श्रीमानको कुटाइबाट महिलाको मृत्यु भएको छ । बिहीबार साँझ मादक पदार्थ सेवन गरी घर पुगेका श्रीमान् २५ वर्षीय सन्तोष भुजेलले २१ वर्षीया श्रीमती पवित्रा राईलाई कुटपिट गरेका थिए ।
पवित्रालाई उपचारका लागि भक्तपुर जिल्ला अस्पताल लगिएकोमा बेलुकी ७ः१५ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।
सिन्धुपाल्चोकको मेलम्ची घर भएका उनीहरू भक्तपुरको चाँगुनारायण नगरपालिका ३, झौखेलमा मनोजकुमार बुढाथोकीको घरमा बस्दै आएका थिए । सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।