काठमाडौं । छोराको हत्या गरेको आशंकामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगर १२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालेर घटनाको अनुसन्धानका लागि उनलाई र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टि स्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।