कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला-Sutra News

कम उमेरमा बिहे गर्छन् इजरायली मुस्लिम महिला

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमा विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्यांक विभागद्वारा सार्वजनिक प्रतिवेदनले देखाएको छ ।



सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा यो तथ्यांक सार्वजनिक गरिएको हो । सन् २०२२ को तथ्यांकअनुसार इजरायलमा मुस्लिम महिलाले औसत २३.५ वर्षको उमेरमा विवाह गर्छन् ।

ड्रुज महिलाहरूमा विवाहको औसत उमेर २५.४ वर्ष रहेको छ भने यहूदी महिलाहरूमा २५.६ वर्ष र क्रिश्चियन महिलाहरूमा २७.६ वर्ष छ । सन् २०२२ मा महिलाको बच्चा जन्माउने औसत उमेर बढेर ३०.७ वर्ष पुगेको छ । जुन सन् २००० को औसत उमेरको तुलनामा आठ महिना बढी हो ।

इजरायलमा सन् २०२२ मा करिब एक लाख ७७ हजार दुई सय महिलाले बच्चा जन्माएका थिए । इजरायली महिलाले आफ्नो जीवनमा औसतमा २.८९ बच्चा जन्माउँछन् ।

यो संख्या आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) सदस्य देशहरूको औसत १.५८ बच्चाको तुलनामा बढी हो । सन् २०२३ मा आमा बनेका १७ वर्षमाथिका इजरायली किशोरीको संख्या करिब १२ लाख अर्थात् कूल महिला जनसंख्याको ३५ प्रतिशत छ ।

यीमध्ये ९० प्रतिशत आफ्नो जीवन साथीसँग बस्छन् र बाँकीले एकल अभिभावकत्वमा परिवारको नेतृत्व गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट