काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले अहिलेको व्यवस्था, संविधान र राष्ट्रका लागि गठबन्धन परिवर्तनको निर्णय भएको बताएकी छन् ।
अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमाा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा भुसालले प्रधानमन्त्रीले पदका लागि नभई व्यवस्था र संविधानको रक्षाका साथै राष्ट्रको पक्षमा लागि गठबन्धन परिवर्तनको निर्णय लिएको बताइन् ।
नयाँ सत्ता गठबन्धनले जनतालाई सुशासन र परिवर्तनको अनुभूति गराउने संकल्पका साथ काम गर्ने भन्दै त्यसअनुसार काम हुन नसके मुलुक थप समस्यामा पर्ने उनको दाबी थियो ।
उनले अहिले बामपन्थीको बाहुल्यतासहित नयाँ गठबन्धन बनेको भन्दै यसलाई मोर्चा हुँदै एउटै पार्टी बनाउनेसम्म अघि बढाउनु पर्ने धारण राखिन् ।
यस्तै उनले आफूहरूले लडेर ल्याएको अधिकार कार्यान्वयनका लागि र थप अधिकार स्थापित गर्न संघर्षको मोर्चा छाड्न नसकिने जिकीर गरिन् । उनले संघर्षको स्वरुप भने फरकफरक हुन सक्न्ने बताइन् ।