नेपाल आइडल सिजन पाँचको प्रसारण आजदेखि सुरु-Sutra News

नेपाल आइडल सिजन पाँचको प्रसारण आजदेखि सुरु

शुक्रबार, २५ फाल्गुन २०८०

शुक्रबार, २५ फाल्गुन २०८०

काठमाडौं । नेपालको पहिलो अन्तर्राष्ट्रिय फ्रेञ्चाइज गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करण आजदेखि प्रसारण सुरु हुँदैछ ।



राति ८ः३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो । कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताए ।

निर्देशक पौडेल भन्छन्, ‘यो सिजनले दर्शकलाई भरपुर मनोरंजन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजि गर्ने छ ।’ यस्तै जज मध्येका एक न्य्हु बज्राचार्य विगतका सिजनभन्दा यो सिजनमा अझ बढी सक्षम सिङ्गरहरु अडिसनमा आएको बताउँछन् ।

नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ । किनभने नेपाल आइडलमा अघिल्ला सिजनमा सहभागी प्रतिस्पर्धीले अहिले नेपाली संगीत जगदम राज गरिरहेका छन् ।

अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाशलगायत गायक गायिका नेपाल आइडलले उत्पादन गरेको हो । उनीहरू नेपाली संगीतमा सक्रिय छन् ।

नेपालमा अन्य गायन रियालिटी शो हरु भए पनि नेपाल आइडलले छुट्टै पहिचान बनाएको छ । जजका रुपमा न्य्हू बज्राचार्यसँगै इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् । कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सञ्चाल गर्ने छन् ।

कार्यक्रम हरेक शुक्रबार र शनिबार ८ः३० देखि १० बजेसम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ । आइडलको यो सिजनलाई भीभोले टाइटल स्पोन्सर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट