बृष, कन्या र कुम्भ राशीको दिन राम्रो, तपाईंको दिन कस्तो ?-Sutra News

बृष, कन्या र कुम्भ राशीको दिन राम्रो, तपाईंको दिन कस्तो ?

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

आज मिति विं.सं. २०८० फागुन २६ गते शनिबार । सन् २०२४ मार्च ९ गते । आज नेपालमा सूर्योदय बिहान ६ः१९ बजे भयो भने सूर्यास्त साँझ ६ः८ बजे हुनेछ ।



मेष

चुनौतीपूर्ण समय छ । गरेका काम सजिलै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनुहोला । केही खर्च हुन सक्छ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला । रोकिएको काम बन्नेछ । आमोदप्रमोदमा मन जानेछ ।

बृष

रोकिएका कामहरु बन्न थाल्नेछन् । प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ । जाँगरमा सुधार आउने छ भने आफन्तले पनि सहयोग गर्नाले प्रशन्नता बढ्ला । धनलाभ हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मित्रजनसँगको भेटघाटले मन रमाउने छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

समस्याहरू आफै किनारा लाग्नेछन् भने धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । परिश्रम खेर जाँदैन, अर्थलाभ र प्रगतिको प्रशस्त सम्भावना छ । आजको दिन फलदायी यात्रा पनि हुन सक्छ । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट

मित्रजन एवम् घर परिवारबाट सुखशान्ति मिल्ला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । यात्राको लागि उचित समय रहेको देखिन्छ । व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । सरसामान बिग्रेर दुःख पाइने योग पनि भएकोले सचेत रहनुु हितकर होला । आरोग्यता र सामर्थ्य बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

दिन त्यति शुभदायी नरहला । सोचेअनुरुप काम नहुने र सापटी दिएको पैसा फिर्ता नहुने योग छ । परिवारबाट अपेक्षाअनुरुप सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ होला । खर्च बढ्नाले मन अशान्त रहला । स्वास्थ्यमा सामान्य कमजोरी रहला । परिवारमा हल्का विवाद हुन सक्छ । रसरागको भाव बढ्नेछ । सुख बढ्नेछ । खेलकूदमा भाग लिनुहुनेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आँटेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ । परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको प्रेम सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव मिल्न सक्छ, सचेत रहनुहोस् । सोचेको विशेष योजना पूरा नहुन सक्छ । धन मान महत्वमा कमी आउनेछैन । समस्याको समाधान मिल्नेछ ।

तुला

लाभदायक समय छ । पराक्रम वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ला । ब्यापारमा सोचेअनुरुपको फाइदा होला । अर्थिक लाभ मिल्ल्नुका साथै शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । पढाइमा भने आज खासै प्रगति नहोला । शुभ काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

आकस्मिक रुपले सफलता वा असफलता मिल्ने समय छ । रुपैयाँपैसाको कारोबार होला । गरेका कामहरु सफल हुनेछन् भने अधुरा कामहरु पनि बन्ने छन् । अनायसै खर्च हुन सक्छ, सावधान रहनु हितकर होला । धन९मान बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।

धनु

आजको दिन खासै राम्रो छैन, कामहरू सावधानीपूर्वक गर्नुहोला । महत्वपूर्ण कार्य अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ । वादविवादबाट पन्छिने प्रयास गर्नुहोला । मनमा डरले पनि डेरा जमाउने छ, ख्याल राख्नुहोला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

कतिपयले सम्मानको व्यवहार गर्नेछन् तर केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ । घर–परिवारमा खटपट हुनुका साथै व्यवहारिक समस्याले सताउन सक्छ । कामहरु अधुरै रहनाले मन खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग नमिल्ने देखिन्छ । तथापि, दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ

रमाइलोसँग समय बित्नेछ । रोकिएका अधुरा कामहरु पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुनेछ । यस दृष्टिले दिन राम्रो छ । केही नयाँ काम थाल्ने समय छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुनाले मन रमाउला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

सोच्दै नसोचेको ठाउबाट आर्थिक लाभ हुने समय छ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा होला । दान पुण्यका कार्यमा आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । साथीभाइसित बसेर गरिएको छलफलबाट धनलाभको बाटो पत्ता लाग्न सक्छ । सुख विलास पनि बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।मम

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट