काठमाडौं । कालीकोटमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका ८ मा करेण्ट लागेर शनिबार बिहान दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गंगा थापा रहेका छन् । विद्युतको सवस्टेशनबाट चाखा काल्ढुंगा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेण्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए ।
“गाडेको विद्युतको पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेण्ट लागको हो,” उनले भने, “दुवै जनाको घटना स्थलमा नै मृत्यु भएको हो ।”
मृतक केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।