माछा मार्ने डुंगा पल्टिँदा छ जना बेपत्ता-Sutra News

माछा मार्ने डुंगा पल्टिँदा छ जना बेपत्ता

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

काठमाडौं । इण्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुंगा शनिबार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएका छन् ।



दक्षिण कोरियाली योनहाप समाचार संस्थाका अनुसार २९ टन क्षमताको डुंगा शनिबार बिहान तटीय शहर तोङयोङको एक टापुबाट ६८ किलोमिटर दक्षिणमा सुमुद्रमा पल्टिएको थियो ।

कोरिया कोस्ट गार्डको टोङयोङ कार्यालयले एएफपीलाई दिएको जानकारीअनुसार चालक दलका तीन सदस्यलाई उद्धार गरिएको छ । तर, सबै अचेत अवस्थामा छन् ।

“हामी अझै पनि हराइरहेका छ जनाको खोजी गरिरहेका छौं,” सरकारी अधिकारी ली हो जुनले भने ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सम्बन्धित अधिकारीलाई ‘नौसेना र माछा मार्ने डुंगासहित सबै उपलब्ध कर्मचारी र उपकरणहरू परिचालन गरेर जीवन बचाउन सक्दो प्रयास गर्न’ निर्देशन दिए ।

योनहापका अनुसार डुंगा बिहीबार बिहान देशको दक्षिणी टापु जेजुबाट छुटेको र त्यसपछि माछा मार्ने काममा व्यस्त थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट