बाढी र पहिरोमा परी १० जनाको मृत्यु, १० बेपत्ता-Sutra News

बाढी र पहिरोमा परी १० जनाको मृत्यु, १० बेपत्ता

शनिबार, २६ फाल्गुन २०८०

शनिबार, २६ फाल्गुन २०८०

काठमाडौं । पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको छ । अन्य दश जना बेपत्ता भएका छन् ।



पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका प्रमुख डोनी गुस्रीजलले एक विज्ञप्तिमा उद्धारकर्ताले अझै पनि अन्य बेपत्ता व्यक्तिको खोजी गरिरहेको उल्लेख गरे । बाढी र पहिरोबाट प्रभावितलाई उद्धार गरिरहेका छन् ।

शनिबार बिहानसम्म भएको वर्षापछि भएको डुबानले बाटो पुरिएकाले विपतका कारण छुट्टिएका गाउँलेलाई मद्दत गर्न डुंगाहरूको परिचालन गरी उद्धार शुरू भएको उनको भनाइ थियो ।

गुसरिजलका अनुसार ४५ हजारभन्दा बढी मानिसहरू सेलाटानका विभिन्न स्थानमा अस्थायी आश्रय स्थलमा बसिरहेका छन् । वर्षाले २० हजारभन्दा बढी घर डुबानमा परेको र कम्तीमा आठ वटा पुल भत्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट