काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन ३० गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्रीले नयाँ सत्ता गठबन्धन बनाएसँगै नेपाली कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनु पर्ने भएको थियो ।
माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले गत सोमबार एमालेसहित दलहरूसँग नयाँ समीकरण बनाएका छन् ।
प्रचण्डले चैत २३ गतेभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ । अहिले प्रधानमन्त्रीको साथमा एमाले, रास्वपा, जसपा र नेकपा एसको साथ छ ।