काठमाडौं । छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । मंगलबारदेखि नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यले साताको पहिलो कारोबार दिन पुनः रेकर्ड बनाएको हो ।
आइतबार छापावाला सुनको मूल्य प्रतितोला हजार रुपैयाँ बढ्दै सुन एक लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ ।