काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी २० आई सिरिजअन्तर्गत नेपाल र घरेलु टोलीबीचको खेल रोकिएको छ ।
नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा एक विकेट गुमाएर ४३ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
नेपालका लागि करण केसीले पहिलो बलमा विकेट लिन सफल भएका थिए । हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भएका हुन् ।
शनिबार भएको मैत्रीपूर्ण खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।