राप्रपाका विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि पार्टी कार्यालयभित्रै हानाहान-Sutra News

राप्रपाका विक्रम पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेपछि पार्टी कार्यालयभित्रै हानाहान

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्ष बाहिर हानाहान भएको छ । पार्टीको कार्य सम्पादन समितिका ठाकुरमोहन श्रेष्ठ कुटिएका हुन् ।



पार्टीका महामन्त्री विक्रम पाण्डेका समर्थकहरूले श्रेष्ठमाथि कुटपिट गरेको हो । पार्टीको कार्य सम्पादन समितिमा आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयमा कुटपिट भएको हो ।

श्रेष्ठले बोल्ने क्रममा भ्रष्टाचारको प्रसंग उठाए र महामन्त्री पाण्डेलाई सीधै ‘भ्रष्टाचारी’ भनिदिएका थिए । त्यसपछि बैठकमा तनाव उत्पन्न भएको थियो ।

पाण्डेलाई अध्यक्षले सम्झाएर यो अभिव्यक्तिलाई गम्भीर रूपमा लिइने र आवश्यक देखिए कारबाही गर्ने आश्वासन दिएका थिए । त्यसपछि पाण्डे थामिए र बैठक सुरु भयो ।

घटनापछि नेताहरूले दुःख व्यक्त गरे । पार्टीको जिम्मेवार नेतालाई ‘भ्रष्टाचारी’ भन्नु ठिक नभएको राय थियो । अध्यक्ष लिङदेनले खाना खानका लागि बैठक स्थगित गरे । सबै नेताहरू बाहिरिउका थिए ।

यसपछि लिङदेनको कार्यकक्ष छिर्ने ढोकाअगाडि श्रेष्ठलाई समातेर मुक्का प्रहार गर्न थालेको थियो । श्रेष्ठ पूर्व एआईजी हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट