‘पुजार सार्की’मा प्रदीपको ‘मैत बहादुर’ लुक्स-Sutra News

‘पुजार सार्की’मा प्रदीपको ‘मैत बहादुर’ लुक्स

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । फिल्म ‘पुजार सार्की’ टिमले नायक प्रदीप खड्काको जन्मदिनको अवसर पारेर उनको पात्र परिचय दिँदै ‘मैत बहादुर’ लुक्स सार्वजनिक गरेको छ ।



निर्देशक दिनेश राउतको निर्देशनमा तयार भइरहेको फिल्म ‘पूजार सार्की’को सार्वजनिक लुक्स हेर्दा प्रदीप दलित युवकको भूमिकामा प्रस्तुत भएको देख्न सकिन्छ ।

प्राय: चकलेटी नायकको रूपमा चिनारी दिँदै आएका प्रदीपले आफूलाई ‘भर्सटायल’ बनाउने प्रयासरत छन् । यस अघि फिल्म ‘प्रकाश’मा उनले जुम्लेली चरित्र चुनौती मोलेर निर्वाह गरेका थिए । अब उनको ‘पूजार सार्की’को ‘मैत बहादुर’ चरित्रचित्रणले केही रोचक्त्ता देखाउने आङ्कलन गर्न सकिन्छ ।

प्रदीपका सार्वजनिक भएका दुई वटा लुक्सले फिल्मप्रति दर्शक माझ कौतुहलता बढाउन सक्ने ‘सर्प्राइज’ बनाउने देखिन्छ ।

तस्बिर हेर्दा प्रदीप लामो कपालमा कालो टोपी पछाडि ढल्काएर, कालै रंगको स्टकोट लगाएको र पञ्चेबाजामा प्रयोग हुने प्रमुख बाजा ‘दमाहा’ बजाउँदै गरेको देखिएका छन् । जसले उनी विवाहमा दमाहा बजाउने दमाई पात्रको रूपमा देखिएका छन् ।

कास्की जिल्लाको कास्कीकोमा छायांकन भइरहेको यो फिल्मलाई निर्देशक राउतले जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा देखाउने गरी तयाररि गरिरहेको बुझ्न सकिन्छ । तर, निर्देशकले मैत बहादुरको थर भने खुलाएका छैनन् । यसको अर्थ प्रदीपले निभाएको चरित्र पहिचानको सङ्घर्षमा रहेको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

यति बेला अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरिरहेको ‘पुजार सार्की’को छायाङ्कन चलिरहेको छ । यी तीन स्टारले पहिलो पटक एकसाथ काम गरेकाले पनि ‘पूजार सार्की’ निर्माण अगावैदेखि चर्चामा छ । फिल्मलाई आगामी वर्षको जेठ पहिलो साता प्रदर्शन गर्ने तयारी गरिएको छ ।

यस फिल्ममा अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । यसअघि विकास र दिनेशले फिल्म ’प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन फिल्ममा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट