शेयर बजारमा जाग्दै आशा, लगातार तेस्रो दिन पनि बृद्धि-Sutra News

शेयर बजारमा जाग्दै आशा, लगातार तेस्रो दिन पनि बृद्धि

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) पनि शेयर बजार बढेको छ । आइतबार २२.१० अंकले बढ्दै बजार २०५२.६५ को बिन्दुमा उक्लिएको छ । आइतबार समग्रमा बजार १.०८ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।



स्टक एक्सचेन्जका अनुसार आइतबार कारोबारमा आएका २४८ कम्पनीमध्ये १९४ कम्पनीको मूल्य बढेको छ भने ४६ कम्पनीको मूल्य घटेको छ । चार कम्पनीको भने मूल्य स्थिर रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन नेप्सेका जलविद्युत बाहेकका अन्य उपसमूहमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । यस दिन सर्वाधिक ४.२१ प्रतिशतले लघुवित्त उपसमूहमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ ।

लघुवित्त उपसमूहकै वेन नेपाल लघुवित्त, जाल्पा लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको जनाइएको छ ।

कारोबारको आधारमा यस दिन सिवम् सिमेन्ट, सोनापुर मिनरल्स, जोशी जलविद्युत, हाथवे इन्भेष्टमेन्टलगायत शीर्ष स्थानमा रहेको स्टक एक्सचेन्जले जनाएको छ । शिवम् सिमेन्टको मात्रै चार लाख ३० हजार ११३ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम २२ करोड ९३ लाख २५ हजार ६४३ रुपैयाँ रहेको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट