मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो-Sutra News

मृत्यु हुने प्यालेस्टिनीको संख्या ३१ हजार नाघ्यो

आइतबार, २७ फाल्गुन २०८०

आइतबार, २७ फाल्गुन २०८०

काठमाडौं । इजरायली आक्रमणबाट गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ ।



विगत २४ घण्टाको अवधिमा इजरायली सेनाले द्वन्द्वग्रस्त तटीय क्षेत्रका विभिन्न स्थानमा गरेको आक्रमणबाट ८५ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । १३० जना घाइते भएका छन् ।

सो द्वन्द्वमा परी मृत्यु हुनेको कूल संख्या ३१ हजार ४५ पुगेको छ भने घाइतेको संख्या ७२ हजार ६५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट