काठमाडाैं । ललितपुर महानगरपालिका–१० का पूर्ववडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । साेमबार उपचारका क्रममा व्यञ्जनकार काठमाडौंको नर्भिक अस्पतालमा उनकाे निधन भएकाे महानगरले जनाएकाे छ ।
८१ वर्षीय व्यञ्जनकार महानगरकाे वडा नम्बर १० मा १० पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी २०२९ सालदेखि लगातार १० पटक वडाध्यक्ष निर्वाचित भएका थिए ।
तर, ०७९ को स्थानीय चुनावमा स्वतन्त्र उठेका उनी आफ्नै भतिज रविनमान व्यञ्जनकारबाट पराजित भएका थिए ।
११औं पटककाे निर्वाचनमा पराजित भएपनि उनी आफ्नाे वडामा निकै लाेकप्रिय थिए ।