प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसमा ह्वीप-Sutra News

प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसमा ह्वीप

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्ताव गर्ने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन (ह्वीप) जारी गरेको छ ।



कांग्रेस प्रमुख सचेतक रमेश लेखकले साेमबार एक विज्ञप्ति जारी गर्दै यही फागुन ३० गते विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थित हुन र उक्त प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन् ।

नयाँ सत्ता समीकरण बनेपछि सरकारबाट बाहिरिएको कांग्रेसले बिहीबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको थियो ।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ । साेही व्यवस्थाअनुसार कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री  प्रचण्डले विश्वासकाे मत लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट