बाजुरामा भूकम्पकाे धक्का-Sutra News

बाजुरामा भूकम्पकाे धक्का

सोमबार, २८ फाल्गुन २०८०

सोमबार, २८ फाल्गुन २०८०

काठमाडाैं । बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ चार बजेर ५७ मिनेट जाँदा बाजुराको जुगाडा आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि यही फागुन २६ गते बिहान कास्कीको पर्चे आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्प गएकाे थियाे ।

पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट