आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते-Sutra News

आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु, २ जना घाइते

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडाैं । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मंगलबार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।



उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिए ।

मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताए । भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट