प्रचण्डको आर्शीवादमा नारायण दाहाललाई लाभैलाभ-Sutra News

प्रचण्डको आर्शीवादमा नारायण दाहाललाई लाभैलाभ

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका नारायण दाहाल सभाको अध्यक्ष पदमा चयन भएका छन् ।



माओवादी पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भाइ नाता पर्ने नारायण राष्ट्रियसभा सदस्य मनोनित भएको दुई वर्षपछि अध्यक्ष पदमा चयन भएका हुन् ।

प्रचण्डको छत्रछायामा पटकपटक राजनीतिक पद लाभ गर्दै आएका नारायण पाँच दलीय सत्ता गठबन्धनको मतमा अध्यक्षमा चयन भएका हुन् ।

उनी राष्ट्रियसभा अध्यक्ष चयन हुँदै गर्दा माओवादीलाई दुई वर्ष घाटा लागेको छ । छ वर्षको पदावधि हुने सभाको अध्यक्षमा दाहाल चार वर्र्ष मात्र बस्न पाउने छन् । उनी विं.सं. २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेका थिए । उनलाई सभाको सदस्य बनाउन प्रचण्डले राष्ट्रपतिसमक्ष पेश गर्न भूमिका खेलेका थिए ।

०२७ जेठ १ मा विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा प्रचण्डसँगै हिँडेर जुलुस र कार्यक्रममा सहभागी भई राजनीतिमा होमिएका दाहाल पार्टीभित्र कम चर्चामा रहेका नेता हुन् ।

०३६ मा स्नातक तह उत्तीर्ण गरी एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन भएका उनी मोहनविक्रम सिंहको सल्लाहमा पूर्णकालीन सदस्य लिएर भारत प्रवासको जिम्मेवारीमा काम गरेका थिए ।

संविधान सभामार्फत नयाँ संविधान बनाउने क्रममा व्यवस्थापिका–संसद् २०६३ मा उनी सदस्य बनेका थिए । ०६४ को संविधानसभा सदस्यको निर्वाचत भए ।

अध्यक्ष प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बन्दा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिका काम गरेका थिए । प्रचण्ड र दाहालका हजुरबुबा सहोदर दाजुभाइ हुन् ।

राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि उनले आफ्नो भूमिका इमान्दारीपूर्वक निर्वाह गर्ने उनको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट