शेयर बजारमा उत्साह : ५८.५८ अंकले बढ्दा ६ कम्पनीको मूल्यमा सर्किट-Sutra News

शेयर बजारमा उत्साह : ५८.५८ अंकले बढ्दा ६ कम्पनीको मूल्यमा सर्किट

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उत्साहपूर्ण बृद्धि भएको छ । मंगलबार ५८.५८ अंकले बढ्दै बजार २१११.२४ को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा २.८५ प्रतिशतले बजार बढेको छ ।



स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्सेका जीवन बीमा र लघुवित्त उपसमूहमा पाँच प्रतिशतभन्दा बढीले बृद्धि भयो । औसतमा २.२५ प्रतिशतले बृद्धि भएको बजारमा सबैभन्दा कम जलविद्युत उपसमूहमा एक प्रतिशतभन्दा कमको बृद्धि थियो ।

उत्साहपूर्णरुपमा बढेको बजारमा आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको स्टक एक्सचेन्जले जनाएको छ । जनउत्थान सामूदायिक लघुवित्त, उन्नती सहकार्य लघुवित्त, वीन नेपाल लघुवित्त, स्वभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको जनाइएको छ ।

कारोबार आएका २४६ कम्पनीमध्ये २२० कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्यमा सामान्य गिरावट आएको छ । स्टक एक्सचेन्जका अनुसार ४ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

यस दिन शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, सन् नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन रि–इस्योरेन्सलगायत सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् । यस दिन सिवम् सिमेन्ट ६ लाख ७३ हजार ७०६ कित्ता किनबेच हुँदा कारोबार रकम मात्रै ३७ करोड १९ लाख ३३ हजार रुपैयाँ मात्रै भएको स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट