काठमाडौं । हङकङ मेन्स टी २० सिरिजको उपाधि भिडन्तमा नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्ने भएको छ । फाइनल भिडन्त भोलि नेपाली समयअनुसार पौने १२ बजे सुरू हुनेछ ।
मंगलबार भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले पराजित गरी फाइनलमा नेपालसँग भिड्ने टुंगो लगाएको हो । यसअघि मंगलबार बिहान नेपालले पीएनजीलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले अंक बाढेको थियो । लिग चरणको खेल सकिँदा नेपाल ३ अंकका साथ शीर्ष स्थानमा छ । दुई अंक जोडेको पीएनजी दोस्रो स्थानमा छ । १ अंक पाएको हङकङ तेस्रो स्थानमा छ ।