भारतमा सेनाको अभ्यास गर्ने क्रममा विमान दुर्घटना, प्रधानमन्त्री र रक्षामन्त्री थिए अगाडि-Sutra News

भारतमा सेनाको अभ्यास गर्ने क्रममा विमान दुर्घटना, प्रधानमन्त्री र रक्षामन्त्री थिए अगाडि

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । भारतको राजस्थानको पोखरानमा जारी ‘भारत शक्ति अभ्यास’मा सहभागी भएको तेजस लडाकु विमान मंगलबार दिउँसो २ बजे दुर्घटना भएको छ ।



जैसलमेर शहरबाट दुई किलोमिटर टाढा जवाहर नगरमा रहेको भील समूदायको छात्रावासमा खसेको थियो । घटना हुँदा होस्टेलको कोठामा कोही थिएनन् । तेजस दुर्घटनाको यो पहिलो घटना हो ।

पाइलटहरू सुरक्षित रूपमा प्याराग्लाइडिङमार्फत अवतरण गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार एक्कासी विष्फोटका कारण सम्पूर्ण क्षेत्रमा आतंक मच्चिएको थियो । वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ ।

सेनाको कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायत अन्य नेता तथा सेनाका वरिष्ठ अधिकारी उपस्थित थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट