काठमाडौं । सरकारले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्नेसम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृती गरेको छ ।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले पर्यटन मन्त्रालयको प्रस्तावमा उक्त विधेयक तर्जुमान गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् ।
यस्तै, बैठकले वैशाख २० देखि २३ गतेसम्म जर्जियामा आयोजना हुने ५७ औँ एशियाली विकास बैंकको वार्षिक उत्सवमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।
यसैगरी कालिगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्ने निर्णय गरिएको प्रवक्ता शर्माले बताइन् ।