राष्ट्रियसभा अध्यक्ष दाहालले आजै लिए शपथ-Sutra News

राष्ट्रियसभा अध्यक्ष दाहालले आजै लिए शपथ

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित भएसँगै नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनी मंगलबार मात्रै अध्यक्षमा नियुक्त भएका थिए ।



दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ (क)को अनुसूची २ बमोजिम शपथ खुवाएका हुन् । राष्ट्रपतिको कार्यालयमा एक समारोहबीच उनले शपथ लिए ।

राष्ट्रियसभाको अध्यक्षका लागि मंगलबार भएको मतदानमा दाहाललाई नेकपा एमाले र माओवादी केन्द्रसहित पाँच दलका सांसदले मतदान गरेका थिए ।

दाहाललाई अध्यक्ष बनाउन पक्षमा ३९ मत र विपक्षमा १७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट