रञ्जिता श्रेष्ठले दिइन् प्रचण्डको पक्षमा मतदान गर्न निर्देशन-Sutra News

रञ्जिता श्रेष्ठले दिइन् प्रचण्डको पक्षमा मतदान गर्न निर्देशन

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेकी छन् ।



अध्यक्ष श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन दिएकी हुन् । नाउपासँग चार जना सांसद छन् ।

बुधबारको संसद् बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन भएको हो ।

नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री दाहाल भोलि प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।

यसअघि नाउपाका संरक्षक तथा अध्यक्ष श्रेष्ठका श्रीमान रेशम चौधरीले सरकारलाई विश्वासको मत नदिने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट