अष्ट्रेलियाका प्रधानमन्त्रीले गरे आदिवासीका लागि आवास योजनाको घोषणा-Sutra News

अष्ट्रेलियाका प्रधानमन्त्रीले गरे आदिवासीका लागि आवास योजनाको घोषणा

मंगलबार, २९ फाल्गुन २०८०

मंगलबार, २९ फाल्गुन २०८०

काठमाडौं । अष्ट्रलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गरेका छन् ।



अल्बानीजले मंगलबार संघीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्र भरिका दुर्गम समूदायका लागि आवास निर्माण गर्न चार अर्ब अष्ट्रेलियन डलर (२.६ अर्ब अमेरिकी डलर)को संयुक्त लगानी कोष घोषणा गरेका हुन् ।

यस योजनाअन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समूदायका लागि ६५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरताअन्तर्गत प्रत्येक वर्ष २७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।

“आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर–आदिवासी अस्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ,” अल्बानीजले घोषणा कार्यक्रममा भने ।

उक्त कोषमा आधाभन्दा बढी लगानी संघीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अष्ट्रलियाली डलर एनटी सरकारको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट