काठमाडौं । लगातार बृद्धिपछि सुनचाँदीको मूल्यमा ह्वात्तै गिरावट आएको छ । मंगलबारको तुलनामा नेपाली बजारमा सुनको मूल्य तोलामै एक हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको मूल्य एक लाख २५ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य एक लाख २४ हजार चार सय रुपैयाँ छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २६ हजार रुपैयाँ थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार तोलामै २० रुपैयाँले घट्दै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ६५ रुपैयाँ कायम भएको छ ।