कांग्रेसप्रति प्रचण्डको आक्रोश : म होइन कांग्रेस धोकेबाज र विश्वासघाती-Sutra News

कांग्रेसप्रति प्रचण्डको आक्रोश : म होइन कांग्रेस धोकेबाज र विश्वासघाती

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । नेपाली कांग्रेसले धोकेबाज भनेको प्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । उनले आफू कसरी विश्वासघाती र धोकेबाज भएँ भनि प्रश्न गरेका छन् ।



बुधबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै उनले प्रचण्डले बरु आफूले कांग्रेसबाट पटक–पटक धोका पाएको बताए ।

“म नेपाली कांग्रेसको समर्थनमा एक पटक मात्र प्रधानमन्त्री बनेको छु, मेरो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा दुई पटक प्रधानमन्त्री बन्नु भएको छ”, संसद बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, “राजनीतिक मुद्दालाई केन्द्रमा राखेर लोकतान्त्रिक प्रक्रियाबाट समीकरण बदल्दा म विश्वासघाती र धोकेवाज कसरी भएँ ?”

प्रधानमन्त्री प्रचण्डले बरुले आफूलाई एमालेले धोकेबाज भन्न मिल्ने बताए । “बरु एमालेबाट प्रधानमन्त्री बनेर कांग्रेससँग मिल्न गएकोमा केपी ओलीले मलाई धोकोबाज भन्न मिल्छ, कांग्रेसले होइन”, उनले भने ।

उनले सरकार सही ढंगबाट चल्ने अवस्था नभएपछि गठबन्धन परिवर्तन गर्न बाध्य भएको बताएका छन् । “प्रधानमन्त्रीका रुपमा जस्तो संकल्प साथ म सक्रिय थिएँ, टीम त्यही रुपको नभएको मेरो अनुभूति रह्यो”, उनले भनेका छन्, “सरकारको गियर परिवर्तन गर्ने हो भने सरकार र गठबन्धन पुनर्गठन गर्नैपर्ने अवस्था मैले महसुस गरेँ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट