काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वासको महाखडेरी परेको अवस्थामा प्रधानमन्त्रीले पटकपटक विश्वासको मत माग्न संसदमा उभिने गरेको आरोप लगाएका छन् ।
‘हाम्रो देशमा सबैभन्दा धराप अवस्थामा विश्वास छ, प्रशासन, अस्पताल, व्यापारी, विद्यालय, छिमेकी हुँदै राजनीतिक नेतृत्तवप्रति पनि विश्वास छैन,’ उनले भने, ‘विश्वासको यस्तो महाखडेरी परेको बेलामा विश्वासको मत माग्न प्रधानमन्त्री उभिनु भएको छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षमा तीनपटक विश्वासको मत पाउने भन्दै अचम्म लागेको बताए । ‘गज्जब छ, वर्षमा एक पटक हैन, तीन पटक पाउनु हुन्छ, अचम्म लाग्छ, विश्वासको मत पनि पाउनु हुन्छ, म अचम्मित भएर आफ्ना अभिव्यक्ति राख्न चाहन्छु,’ उनले थपे ।