प्रधानमन्त्री प्रचण्डको चुनौती- मेरो कामना छ ठूला दलहरू मिल्नु, माओवादी प्रतिपक्षमा जान्छ-Sutra News

प्रधानमन्त्री प्रचण्डको चुनौती- मेरो कामना छ ठूला दलहरू मिल्नु, माओवादी प्रतिपक्षमा जान्छ

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गतेदेखि प्रमुख प्रतिपक्ष बनेको नेपाली कांग्रेसलाई नेकपा एमालेसँग मिलेर देखाउन चुनौती दिएका छन् ।



बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि डाकिएको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले दुई ठूला पार्टीलाई मिल्न चुनौती दिएका हुन् ।

‘आजको संसदमा बहस सजीव रुपमा अघि बढेको छ, तेस्रो पटक विश्वासको मत लिँदै छु गठबन्धन भत्किँदै बन्दै गरेकाले,’ उनले थपे, ‘पुरानो गठबन्धनलाई निन्तरता दिनु भनेको दिन काट्नु, काल पर्खिनु जस्तै भयो, प्रधानमन्त्री थिएँ तर विकास होस् कि नहोस् भनेर बस्न मिल्ने थिएन, कांग्रेससँग मिल्न नसकेपछि मैले कि पद त्याग्नु पर्थ्यो कि त नयाँ गठबन्धनमा जानु पथ्र्यो ।’

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई ठूला दल मिले माओवादीको हालत के हुन्छ ? भन्दै संसदको रोस्टमबाट कटाक्ष गरेका थिए । ‘ठूला दलहरू हामी मिल्यौँ भने तेरो हालत के हुन्छ ? भनेर पहिले पनि भनियो, आज पनि भनियो,’ प्रधानमन्त्रीले थपे, ‘मेरो त कामना छ तपाईंहरू सबै मिल्नु भयो भने माओवादी प्रतिपक्षमा जान्छ, कांग्रेसका नेताहरूले त्यसो भनेर ठूला दलहरू मिल्दा माओवादी केन्द्र डराउँदैन ।’

हिजो कांग्रेस र एमाले मिलेर आफूहरूको टाउको काट्न खोजेको भन्दै उनले भने, ‘राजनीतिक रुपले हित र फाइदा हुन्छ भने गठबन्धनमा मिल्ने हो, विचार नमिले छाड्ने हो ।’

प्रश्न उठेका मान्छेलाई किन मन्त्री बनाएको भनेर कांग्रेसले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री बनाउन हिँडेको हामीले सुनेकै हो भन्दै जवाफ फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट