काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ४८ अंकले घटेर दुई हजार १०८ दशमलव ७२ अंकमा कायम भएको छ ।
आज ३१० कम्पनीका शेयर ७३ हजार ५०६ पटक खरिद बिक्री हुँदा चार अर्ब २४ करोड ८५ लाख २३ हजार बराबरको कारोबार भएको छ ।
विकास बैंक समूह शून्य दशमलव ३५, वित्त समूह दुई दशमलव ३२, जीवन बीमा शून्य दशमलव ०९, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फण्ड शून्य दशमलव ४० र अन्य समूह शून्य दशमलव ४६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ शून्य दशमलव १०, होटल तथा पर्यटन एक दशमलव १४, जलविद्युत् एक दशमलव ०९, लगानी शून्य दशमलव ०७, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य दशमलव १४, निर्जीवन बीमा शून्य दशमलव ५५ र अन्य समूह शून्य दशमलव ११ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै २५ करोड ५३ लाख ८३ हजार ६६२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आठ लाख ४६ हजार १४६ कित्ता शेयर किनबेच भएको छ ।