विश्वासको मतसँगै अझै जिम्मेवारी थपिएको अनुभूति गरेको छु- प्रधानमन्त्री-Sutra News

विश्वासको मतसँगै अझै जिम्मेवारी थपिएको अनुभूति गरेको छु- प्रधानमन्त्री

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूप्रति भरोसा गरेर विश्वासको मत दिएको भन्दै सबैलाई धन्यवाद दिएका छन् । यस क्रममा उनले आफूमाथि थप जिम्मेवारी आएको बताए ।



जीवन्त रुपमा लोकतान्त्रिक अभ्यास भयो, मलाई जसरी विश्वासको मत भएको छ, मैले अलगअलग अनुभूति गरेँ, पहिलोपटक बालकोटबाट प्रधानमन्त्री बनेँ, दोस्रोपटक नेपालको इतिहासमा दुई जनाबाहेक सबैको मत पाएँ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आजको विश्वासको मतले अझै जिम्मेवारी थपिएको अनुभूति गरेको छु ।’

नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उनले आज पेस गरेको प्रस्तावका पक्षमा १५७ मत परेको हो । विपक्षमा ११० मत खसेको हो । मत विभाजन प्रक्रियामा एक मत दिन्न भन्नेमा खसेको थियो ।

मत विभाजन प्रक्रियामा जम्मा २६८ सांसद सहभागी थिए । बैठकमा सभामुख देवराज घिमिरेले मत विभाजन परिणाम सुनाउँदै प्रधानमन्त्री दाहाललाई विश्वासको मत प्राप्त भएको जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहालले यही फागुन २१ गते नयाँ सत्ता गठबन्धन बनाएपछि उनलाई समर्थन गरेको दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट