रेशम चौधरीको स्टाटसबारे श्रीमती रञ्जिताले भनिन्– म सँगै छु नि, उहाँले स्टाटस लेख्दा खेरी-Sutra News

रेशम चौधरीको स्टाटसबारे श्रीमती रञ्जिताले भनिन्– म सँगै छु नि, उहाँले स्टाटस लेख्दा खेरी

बुधबार, ३० फाल्गुन २०८०

बुधबार, ३० फाल्गुन २०८०

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी र परिवार नफुट्ने बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकपछि पत्रकारसँग उनले पार्टी नफुट्ने दाबी गरेकी हुन् ।



बुधबार बिहान मात्रै नाउपाका संरक्षक रेशम लाल चौधरीले श्रीमती तथा पार्टी अध्यक्ष श्रेष्ठलाई सम्बोधन गर्दै राजनीतिमा आफूहरूको घर झगडाको विषय नभएको बताएका थिए ।

‘परिवार भनेको छुट्टै कुरा हो, पार्टी भनेका छुट्टै कुरा हो, जति पनि हामीलाई विश्वास गरेर पार्टीमा मत दिनु भएको छ, उहाँहरूको आफ्नै माया छ,’ अध्यक्ष श्रेष्ठले थपिन्, ‘परिवार फुट्दैन ।’

उनले बिहान पार्टी संरक्षक चौधरीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दा आफू सँगै भएको बताइन् । ‘म सँगै छु नि, उहाँले स्टाटस लेख्दा खेरी, पार्टीको कुरामा हामी दुई जनाको मत छुट्टा छुट्दै भएकै हो,’ उनले थपिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट