काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पद मुक्त गरेका छन् ।
फागुन २८ गतेको मन्त्रिपरिषद्को निर्णय एवं सिफारिसअनुसार आज राष्ट्रपति पौडेलले मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र सुदूरपश्चिमका देवराज जोशीलाई पद मुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै देशभरको राजनीतिक पदमा सोहीअनुसारको परिवर्तन हुने प्रक्रिया चलेको छ ।