काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनित गरेको छ ।
महासचिव शंकर पोखरेलले सुहाङलाई कानून विभाग सदस्यमा मनोनित गरेको पत्र दिएका हुन् ।
पत्रमा जनाइएअनुसार ‘नेकपा एमाले केन्द्रीय सचिवालयको २०८० फागुन ३ गते बसेको २७ औँ बैठकले तपाईंलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनित गरिएको जानकारी गराउँछु ।’
सुवास एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष बनेका थिए । उनको निधनसँगै रिक्त इलाम २ को उपनिर्वाचनमा सुहाङले उम्मेदवारी दिन निवेदन दिइसकेका छन् ।