काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले एक वर्षमा तीन पटक विश्वासको मत लिएर प्रधानमन्त्री नै अस्थिरताको पक्षपाती भएको देखिएको बताएका छन् ।
बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले गठबन्धनको नेतृत्व गर्ने सन्दर्भमा समेत प्रधानमन्त्री असफल देखिएको दाबी गरे ।
उनले सामान्यतया गठबन्धनको नेतृत्व गरेको व्यक्तिले भन्दा अन्य दलका कारण गठबन्धन भत्कने देखिएको तर अहिले प्रधानमन्त्रीकै कारण गठबन्धन परिवर्तन भएको धारणा राखे ।
उनले सरकारमा जाने कुरामा दलहरूले प्रयास गर्नु स्वभाविक रहे पनि राष्ट्रिय राजनीतिलाई हेर्दा पटक पटक सरकार परिवर्तनले देशमा स्थिरता नदिने बताए । उनले सदनमा कांग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उल्लेख गरे ।